केशव स्थापित मानसिक विचलन भइसकेको व्यक्ति हो : कांग्रेस काठमाडौं सभापति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2022 | 03:27:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बाँनियाले नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापित मानसिक विचलन भइसकेको व्यक्ति भएको बताएका छन्  

रत्नपार्कस्थित शान्तिवाटीकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभामा बोल्दै सभापति बाँनियाले स्थापित मानसिक विचलन भइसकेको व्यक्ति भएको बताएका हुन् । 

मानसिक विचलन भएरै जथाभावी बोल्दै गर्ने, सम्मान गर्नुपर्ने महिलाहरूका विषयलाई अपमानित गराउने कार्य गर्दै आएको उनको भनाई छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले मेयरमा सिर्जना सिंहलाई उठाएको भन्दै उनलाई जिताउन सबैमा अनुरोध गरे । 

मानसिक रूपमा विचलन भइसकेपछि जथाभावी बोल्दै हिडिरहेका छन् । नेकपा एमालेले त्यस्तो व्यक्तिलाई मेयरमा उठाएको छ । यदि जित्यो भने पनि काठमाडौंकाे विकास कसरी गर्छ ?’ उनले प्रश्न गरे । 

काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको सभामा गठबन्धनका नेताहरूले सम्बोधन गरिरहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved