३ जलविद्युत कम्पनीमा ८५ अर्ब वैदेशिक लगानी स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2019 | 09:03:50 AM मा प्रकाशित

laxmi  sunrise bank

३ वटा जलविद्युत आयोजनालाई  ८५ अर्ब रुपियाँ विदेशी लगानी ल्याउने बाटो खुलेको छ । लगानी बोर्डको आइतबार बसेको बोर्डको बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।

बोर्डले कोरियाली कम्पनीको लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका लागि ६५ अर्ब, चिनियाँ कम्पनीले निर्माण गर्न लागेको ५० मेगावाटको मर्स्याङ्दीबेसी जलविद्युत आयोजनाका लागि ११ अर्ब ७७ करोड ५४ लाख तथा नेपाल टेलिकम समेतले लगानी गर्न लागेको ३७ मेगावाटको त्रिशूली ३ बी आयोजनाका लागि ८ अर्ब २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृत गरेको हो । ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved