८ महिनामा ८ सय मेगावाट बढीका आयोजनाले लिए विद्युत उत्पादन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 02:28:38 PM मा प्रकाशित

laxmi  sunrise bank

८ महिनाको अवधिमा विभिन्न ३३ वटा जलविद्युत आयोजनाहरुले विद्युत उत्पादन अनुमतिपत्र पाएका छन्। विद्युत विकास विभागको तथ्यांक अनुसार ७७ सालको वैशाख देखि मङ्सिर महिनासम्म १ मेगावाट भन्दा बढी क्षमताका ३३ वटा आयोजनाले विद्युत उत्पादन अनुमतिपत्र पाएका हुन्।

यी ३३ आयोजनाहरुको संयुक्त क्षमता ८१२.२६ मेगावाट रहेको छ। जसमा स्पार्क हाइड्रोइलेक्ट्रोसिटी प्रबर्दक रहेको तमोर मेवा आयोजनाको क्षमता सबैभन्दा धेरै १२८ मेगावाट छ । यो आयोजना ताप्लेजुङमा रहेको छ । त्यस्तै यस अवधिमा उत्पादन अनुमति पाएको मध्येको दोस्रो ठुलो आयोजना ९७.२ मेगावाटको संखुवासभामा रहेको इसुवाखोला आयोजना हो । यसको प्रबर्दक केएनबिआर इसुवा पावर हो । अनुमति पाएको मध्ये सबैभन्दा कम क्षमताको आयोजना २.५ मेगावाटको मिड रावा खोला आयोजना हो । यसको प्रबर्दक हलेसी प्रालि रहेको छ ।

यस अवधिमा १ मेगावाट भन्दा कम क्षमताका आयोजनाले भने उत्पादन अनुमति लिएका छैनन् । 

हेर्नुस ८ महिनाको अवधिमा विद्युत उत्पादन अनुमतिपत्र लिएका आयोजनाहरु : 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved