नव नियुक्त उर्जामन्त्रीले भने 'एमसीसी कार्यान्वयन गर्नुपर्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2020 | 11:23:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन गर्नु पर्ने बताएका छन् । मन्त्रालयमा आज बिहान पदभार ग्रहण गर्दै उनले सम्झैता नेपालको पक्षमा रहेको दाबी गर्दै कार्यान्वयनमा जानु पर्ने बताएका हुन् । 

देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु सच्याउन सकिने भएकोले विवाद सिर्जना गर्ने भन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न उनले आग्रह गरेका हुन् ।  

मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने पनि बताए । ऊर्जामा अझै पनि आत्मनिर्भर हुन नसके पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेको उनको भनाई थियो ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved