डिशहोम जोड्दा स्पेन घुम्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2021 | 05:32:22 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालनमा ल्याएको छ । २०७८ असोज ११ गते देखि लागु भएको यो योजना अन्तरगत डिशहोमको नयाँ कनेक्सन लिने ४ जना भाग्यशाली ग्राहकहरुले स्पेन घुम्न जान पाउने छन् ।

साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजारको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिनेछ । लक्की ड्रको प्रत्यक्ष प्रशारण विभिन्न च्यानलहरुमा हुनेछ । 

यो योजना प्रभु टिभी, सिम टिभी र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ । 

लालिगा सिजन टिकट मार्फत डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरुले स्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने लालिगा हेर्न सक्नेछन् । यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ ।

हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरु भने  एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भईरहेकोछ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved