बुवाआमाको खुसीको लागि नेपाल फर्किएका खनालको रोचक जीवनयात्रा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2019 | 07:07:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली युवाहरु अध्ययनको लागि युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुक जाने क्रम बढिरहेको छ। अध्ययनको लागि विदेश अब बाध्यता भन्दा पनि आवश्यकता नै भईसकेको छ। 

त्यसमा पनि अध्ययन भिसामा विदेश गएकाहरु देश सम्झेर फर्कनेको संख्या हातमा गन्न सकिने अवस्था देखिन्छ। नेपाली युवाहरु अध्ययनको लागि विदेश गएपनि उतै सेटल भएर बस्ने अब सामान्य बिषय बनिसकेको छ। 

सामान्यता मध्यम आय भएका परिवारका व्यक्तिहरु ठुलो राशि खर्चेर विदेश जाने र उतै बस्ने गरेको पाइन्छ। आर्थिक रुपमा सम्पन्न भएपनि अध्ययन भिसामा जानेहरु देशमै केहिगर्छु भनेर फर्किनेको संख्या न्यून छ। बर्षेनी लाखको संख्यामा अध्ययनको लागि नेपाली युवाहरु विदेश पलायन हुन्छन। तर त्यसमध्ये केहि व्यक्तिहरु मात्र अध्ययन पुरा गरेर देश फर्कने गरेका छन। देशमै केहि गर्छु भनेर फर्कनेहरु मध्ये एक हुन् परिस्कृत  खनाल। 

बेलायतको युनिभर्सिटी अफ न्यु ह्याम्प्सशायरबाट एमबिए सकेपछि २४ बर्षिय खनाल अरु हजारौं नेपाली झैँ विदेशमै बस्न चाहेनन्। एमबिएको अध्ययन सकेकै दिन देश सम्झिएर उनि नेपाल फर्किए।

भक्तपुरको बिरेन्द्र सैनिक आवासीय बिद्यालयबाट माध्यमिक तहको अध्ययन सकेर भारतको दिल्ली स्थित जिडी गोएन्का वर्ल्ड स्कुलमा प्रमाणपत्र तहको अध्ययनको लागि जाँदा नै आफुलाई विदेश अध्ययनको अनुभव भएको खनाल सुनाउँछन। 

भारतबाट प्रमाणपत्र तहको अध्ययन पश्चात नै अन्य साथीहरु झैं  अध्ययनको लागि विदेश जाने रहर भएपनि बुवा आमाले नेपालमै स्नातक तहको अध्ययन गर्न सुझाब दिएपछि बीबीए कोर्षको लागि थापाथली स्थित ब्रिटिश कलेजमा भर्ना भएको उनि सुनाउँछन।

स्नातकको नतिजा आउनुपुर्व नै बेलायत भ्रमणमा रहंदा त्यहाँ एमबिए पढ्ने चाहनाले आफुले एमबिए अध्ययनको लागि  बेलायत गएको खनाल बताउँछन।  'देश मै केहि गर्छु भन्ने थियो, त्यहि भएर पनि बेलायत जानुअघि नै नेपाल फर्किन्छु भन्ने थियो' उनले भने। 

नेपालमा स्नातक पढ्दै गर्दा त्यो बेला फुर्सदको समय बुवा आमाको व्यवसायमा सहयोग गर्ने गरेकाले नेपालमै केहि गर्छु भन्ने भावना रहेको उनि सुनाउँछन। त्यसैले बेलायतबाट फर्केपछि बुवाकै व्यवसायलाई निरन्तरता दिएको उनि बताउँछन। 'जुन क्षेत्रमा म केहि गर्छु भन्ने छ, त्यसको लागि बुवाले बाटो बनाईसक्नु भएको छ, त्यहि व्यवसायलाई समयअनुकुल अगाडी बढाउने लक्ष्य छ' उनि भन्छन।

नेपालको उद्योग, बाणिज्य, शिक्षा तथा हाइड्रो लगायतका क्षेत्रमा योगदान दिएका मेगा बैंकका संचालक सदस्य समेत रहेका बुवा गोपाल खनालको व्यवसायलाई अगाडी बढाउने आफ्नो एक मात्र लक्ष्य भएको उनि सुनाउँछन।      

उनि अहिले स्वस्तिक कलेजमा निर्देशकका रुपमा काम गर्छन। उनले स्वस्तिक कलेजमा निर्देशकको जिम्मेवारी सम्हाले लगत्तै समयको माग भन्दै देशको पहिलो फिनटेक कम्पनी एफवान सफ्ट तथा पेमेन्ट गेटवे कम्पनी ईसेवासंग साझेदारी गरेका छन। साझेदारीको पनि बिशेष अर्थ रहेको उनि सुनाउँछन। भन्छन, आइटी क्षेत्रमा नेपालमा पनि व्यवहारिक रुपमा अध्यापन हुन्छ र अध्ययन गर्दै गर्दा समेत रोजगार गरि आम्दानीको अवसर सम्भव छ भन्ने देखाउन र बुझाउन स्वस्तिकले एफवान सफ्ट र इसेवासंग साझेदारी गरेको हो।

भविष्यमा समेत बुवाका अन्य व्यवसायलाई यसै गरि अगाडी बढाउने आफ्नो लक्ष्य भएको उनको भनाई छ। उनि भन्छन, हुनलाई म आफुले  जिरोबाट सुरु गरेर केहि गरेपनि हुने हो तर मेरो जुन क्षेत्रमा रुची छ त्यो क्षेत्रमा बुवाले बाटो बनाईसक्नु भएको छ, त्यसैले पनि घरको व्यवसायलाई अहिलेको समयअनुकुल अगाडी बढाएर बुवाआमालाई खुसि राख्नु नै मेरो लागि ठुलो उपलब्धि हुनेछ।

विदेश अध्ययनको सिकाइ 

अध्ययनको लागि विदेश जानेहरुसंग जस्तै आफ्नो अनुभव भएको उनि बताउँछन। यद्दपी भोगाई उस्तै देखिएपनि काम गर्नुको कारण भने अरु भन्दा भिन्न हुन् सक्ने उनि बताउँछन। युनिभर्सिटीमा फि तिर्नलाई नभई कामको महत्त्व र सम्मान बुझ्नलाई आफुले त्यहाँ अध्ययनसंगसंगै काम गरेको उनि बताउँछन।   

सुरुका केहि समय काम गर्न गाह्रो भएपनि कामको महत्त्व र त्यसको सम्मानको अर्थ त्यहाँबाट सिकेको उनि बताउँछन। काम गर्दैमा कोहि सानो हुदैन भन्ने बुवाआमाको सिकाईले पनि बेलायतमा अध्ययनको क्रममा काम गर्ने प्रेरणा मिलेको उनि बताउछन। त्यस्तै नेपाल हुँदा कहिल्यै ख्याल नभएको समयको महत्त्व बेलायत पुगेपछि थाहा भएको उनि बताउँछन।

बेलायतमा दुई बर्ष काम सिकेर स्वदेश फर्केका खनाल अध्ययनको लागि विदेश जानु गलत नभएको तर्क गर्छन,'अध्ययनको लागि विदेश जानु आफैंमा नराम्रो होइन, तर त्यहाँको सिप र सिकाइ नेपालको हितमा खर्चन सके हाम्रै पालामा नेपाल समृद्द मुलुकको सुचिमा उक्लिन्छ'।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved