कोरोना संक्रमणः नेपाली उद्वार टोली भोली जाने, कसले उडाउँदैछ जहाज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 05:56:01 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई लिन शनिबार नेपाल वायुसेवा निगमको जहाज चीनको हुवेई जाँदैछ । निगमको वाइडबडी ए–३३० जहाज शनिबार अपरान्ह चीन जाने भएको हो । 

निगमको अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार शनिबार अपरान्ह २ः४५ बजे निगमको जहाज चीन उड्नेछ । उक्त जहाज फागुन ४ गते बिहान २ः१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । अवतरण गरेको ४८ घण्टासम्म सो जहाजलाई अन्यत्र नउडाईने निगमका प्रवन्त्र निर्देशक गणेश चन्दले बताए । 

चन्दका अनुसार दोहाबाट आएपछि सोही जहाज चीन प्रस्थान गर्नेछ । ‘पाइलट को को रहने, टिममा को को हुन्छन् भन्ने कुरा सुरक्षाका दृष्टिकोणले पनि सार्वजनिक गर्न मिल्दैन’ चन्दले भने, ‘वाइडबडी जहाज र वाइडबडीकै पाइलट जान्छन् ।’ 

उनले संवेदनशील विषय भएकाले संवेदनशील बन्न सञ्चारमाध्यमलाई आग्रह समेत गरेका छन् । तर विशेष स्रोतले भने बरिष्ठ क्याप्टेन विजय लामा नै जाने लगभग निश्चित भएको छ । तर प्रवन्ध निर्देशकले यसबारे, ‘विजय जी जाने नजाने कुरा सार्वजनिक गर्न मिल्दैन, सरकारले जसलाई विश्वास गरेर जा भन्छ, त्यही पाइलट जान्छ’ भने । चन्दले यसअघि चीनमा रहेका नेपालीलाई लिन पाइलटहरु जान नमानेको भन्ने समाचारम सत्यता नरहेको समेत दाबी गरे ।

निगमको जहाजमा चीन जाने टोलीमा ३ क्याप्टे, ६ क्याबिन क्रु, २ जना इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहने छन् । चीनका विभिन्न शहरबाट १८० नेपालीलाई स्वदेश ल्याईँदैछ । उनीहरुलाई १४ दिनसम्म परीक्षणमा राखिनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved