टाइगर प्यालेस रिसोर्टः बिक्रि अन्यौलमा, जोखिममा ४ बैंकको २ अर्ब लगानी

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 19, 2021 | 04:03:02 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवाको टाइगर प्यालेस रिसोर्ट (टाइगर वान प्रा.ली.) बिक्रिको चर्चा चलेको झण्डै आधा दशक भयो । यसपटक भने एउटा समूहले मोटो रकममा उक्त रिसोर्ट किन्न सम्झौता नै गरिसकेको छ । व्यवसायी बालकृष्ण भुसालको समूहले ‘जन्मिसकेको हस्पिटालिटी’ बन्द गर्नुभन्दा किनेर चलाउँदा राम्रो हुने भन्दै खरिदको सम्झौता गरेको हो । 

तर, साउन २९ गतेको अदालतको फैसलाले अर्को समस्या सिर्जना गरिदिएको छ । ४ अर्ब बढीमा उक्त होटल खरिद गर्न भुसालसँगै अमेरिकामा रहेका कानुन व्यवसायी खगेन्द्र जिसी र पर्यटन व्यवसायी सीएन पाण्डे तयार छन् । उनीहरुले ४ अर्ब १० करोडमा खरिद सम्झौता नै गरिसकेका छन् ।

 तर, रुपन्देही जिल्ला अदालतले उक्त होटल बिक्री वितरण र सम्पत्ति हस्तान्तरण नगरी यथास्थितिमा राख्न र त्यहाँ कुनै नयाँ संरचना नबनाउन यसअघि दिएको आदेश अटेर गरी अदालतको मानहानी गरेको भन्दै मुद्दा परेको थियो । 

सिल्भर हेरिटेज र टाइगर प्यालेसविरुद्ध दायर भएको मुद्दामा साउन २९ गते जिल्ला न्यायाधीश लिलाराज अधिकारीले विपक्षीलाई १५ दिनभित्र अदालतको अवहेलना गरेको हो वा होइन भन्नेबारे जवाफ दिन आदेश दिएका छन् ।

के थियो पूरानो आदेश ?

रुपन्देही जिल्ला अदालतले नै २०७६ असार २० र साउन २९ गते यस विषयमा २ वटा आदेश जारी गरिसकेको छ । छुट्टाछुट्टै ती आदेशमा कम्पनीको शेयर, जग्गा र निर्माण भएका भौतिक संरचना हस्तान्तरण गर्न नपाउने र यथास्थितिमा रोक्का राख्ने आदेश दिएको थियो ।

त्यतिबेलाको आदेशमा कुनै भौतिक संरचना नथप्न आदेश दिएको भएपनि संरचना बनाउने र बिक्री प्रकिया अघि बढेपको भन्दै पुनः अदालतमा निवेदन परेको थियो । 

प्राइमको अगुवाईमा ४ बैंकको २ अर्ब बढी लगानी

आर्थिक रुपमा टाट पल्टिएको यो रिसोर्टमा अहिले सबैभन्दा बढी लगानी प्राइम बैंकको छ । 

‘लिड लगानी प्राइमको हो, प्राइमसहित ४ वटा बैंकको गरी २ अर्ब प्लस लगानी छ’ स्रोतले भन्यो ।

स्रोतका अनुसार प्राइम बैँक लगानीको ‘लिड’ गर्ने बैँकका रूपमा प्रवेश गरेपछि १ अर्ब रहेको ऋण पुनःसंरचना गरी २ अर्ब ५० करोड पुर्याइएको छ । टाइगर प्यालेस रिसोर्टमा प्राइम बैंकसहित नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक र सानिमा बैंकको लगानी छ ।

बिक्रि मूल्य कति ?

टाइगर प्यालेस रिसोर्टको मूल्य ४ अर्ब १० करोडमा ‘डिल’ भएको बुझिएको छ । खरिद बिक्रि सम्झौतामा सिल्भर हेरिटेजको २ अर्ब दायित्व तिर्ने र झापास्थित टाइगर टु को जग्गा १३ करोडमा लिने जनाईएको छ । 

तर, खरिद गर्न लागेको भनिएको भुसाल समूह स्रोतले भने आफूहरुले ४ वर्षदेखि किन्ने रहर गरेको तर किन्ने पक्का भइनसकेको बताएको छ । 

‘फुलबारी बन्द भयो, सयौँ रोजगारी गुम्यो’ स्रोत भन्छ, ‘अब टाइगर प्यालेस पनि बन्द हुँदा त्यहाँ भईराखेको रोजगारी गुम्छ, अर्को विदेशी लगानी नआउने खतरा हुन्छ । त्यसैले पनि टाइगर प्यालेस बन्द हुन नदिन हामीले किन्ने रहर गरेका हौँ, ४ वर्ष अघिदेखि नै हामी किन्न खोजिरहेका हौँ ।’ 

भुसाल यसअघि मोटो रकम खर्चेर बिशाल सिमेन्ट खरिद गरेका व्यवसायी हुन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved