केवल टिभी व्यवसायीदेखि चलचित्र निर्मातासम्मको निष्कर्ष, ‘कुलमानमा दम्भ बढ्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 12:45:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बढाएपछि आक्रोशित बनेका केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरु भएको छ । टेलिभिजन व्यवसायी महासंघले आयोजना गरेको भेलामा ४ सय बढी व्यवसायी सहभागी छन् ।

भेलाका सबै वक्ताहरुले उर्जामन्त्री पम्फा भुसालकै अगाडी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चर्को आलोचना गरेका छन् । 

कुलमान सूचनाको हकविरुद्द उभिएः अध्यक्ष शर्मा

टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले पोलको भाडा अनावश्यक रुपमा बढ्दा नागरिकको सूचनाको हक कुण्ठित हुने बताए । प्राधिकरणको पोल प्रयोग गरेर सिमित शुल्क तिरेर आफूहरुले घर घरमा टेलिभिजन पुर्याएको तर एकैपटक आफूखुशी ३५० प्रतिशतसम्म पोल भाडा बढाएर प्राधिकरणले नागरिकको सूचना पाउने अधिकार खोस्न खोजेको उनको भनाई छ । 

शर्माले प्राधिकरणले तोकेको शुल्क तिर्न नसक्ने भन्दै असोज १५ गतेसम्म पैसा नतिरे तार काट्ने चेतावनी कार्यान्वयन गरिए टेलिभिजनको प्रशारण बन्द हुने बताएका छन् ।

प्राधिकरण सच्चिनुपर्छः अध्यक्ष अधिकारी

नेपाल उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमका सभापतिसमेत रहेका नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले विद्युत प्राधिकरण सच्चिनुपर्ने बताएका छन् । उनले केवल टिभी व्यवसायीहरुको मागमा संघको समर्थन रहेको भन्दै प्राधिकरणलाई छलफलमार्फत समस्या समाधान गर्न सुझाव पनि दिए ।

केवल टिभी व्वसायीका मागमा आफूहरुको ऐक्यबद्धता रहेको जनाउँदै अध्यक्ष अधिकारीले पोलमा बढाइएको भाडादर बैज्ञानिक नभएको तर्क गरेका छन् ।

कुलमानमा दम्भ बढ्योः अध्यक्ष शर्मा

नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले पनि कुलमान घिसिङमा दम्भ बढेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलामा उनले कुलमानमा पलाएको दम्भका कारण मुलुकले घाटा ब्यहोर्नु पर्ने चेतावनी पदि दिए ।

‘कूलमानजीलाई जनतामाझ लोकप्रिय छु भन्ने छ, उहाँमा कति दम्भ छ भन्ने कुरा मैले एक दुई वटा मिटिङमा देखेको छु’ शर्माले भन्छन्, ‘प्रशासकहरु दम्भी हुँदा त्यसले राष्ट्रलाई नै घाटा हुने हो ।’

प्राधिकरणले पोलको भाडा बढाएको विषयमा केवल टेलिभिजन व्यवसायीको आन्दोलानमा चलचित्र संघको पनि समर्थन रहेको शर्माको भनाई छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved