सोमबार सुनको भाउमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2020 | 10:48:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउमा झिनो गिरावट आएको छ । आइतबार तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९२ हजार ६ रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर ९२ हजार १ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ पनि आज ५ रुपैयाले घटेको छ । चाँदी आज तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ३३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved