आइतबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 11:04:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा झरेको हो । तेजाबी सुन पनि आज तोलामा ३ सय रुपैयाँले नै घटेर ९२ हजार १ सयमा कारोबार भईरहेको छ ।

चाँदी तोलाको १ हजार २६० रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved