सुनको भाउमा झिनो गिरावट, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2021 | 11:57:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार सुनको भाउमा झिनो गिरावट आएको छ । आइतबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सय रुपैयाँले घटेर ९० हजार ४ सय रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर ८९ हजार ९५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । 

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १ हजार ३१५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार १२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved