सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2021 | 10:55:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर तोलाको ९२ हजारमा आईपुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सयले नै घटेर ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved