सुनको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2021 | 11:21:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ७ सयमा आईपुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ३ सयले नै घटेर ९१ हजार २ सय रुपैयाँमा झरेको छ । 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ४० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ६२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ६३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved