आज पनि उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2021 | 10:33:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार पनि सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ४ सय रुपैयाँ पुगेको हो । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सयले नै बढेर ९३ हजार ९ सय पुगेको छ ।

चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ९३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ५०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार १०२ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved