तोलामा ९ सयले सस्तिँदै १ लाखबाट ओरालो लाग्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 10:56:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको  १ लाख २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि आज प्रतितोला ९ सयले नै घटेर प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा झरेको छ । 

आज चाँदीको भाउ भने प्रतितोला १३ सय ५० रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८५ हजार १३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार ७०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved