तोलामा ८ सयले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2022 | 11:02:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा आईपुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सय रुपैयाँले नै घटेर तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार १४५ रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ४२० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ९९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९८२ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved