आर्थिक वर्षको पहिलो दिन सुनको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 11:12:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ आर्थिक वर्षको पहिलो दिन सुनको भाउ घटेको छ । 

शुक्रबार तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज आइतबार तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा आईपुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै घटेर तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १६० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार २५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ८२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved