सुनचाँदीको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2022 | 11:01:27 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार ५३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved