सुनचाँदीको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2022 | 10:41:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा आईपुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सयले नै घटेर तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २२० रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ७९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved