अग्नि ग्रुपको अनलाइन फिटनेसको सञ्चालन श्रृङ्खला खतिवडाले गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2020 | 03:11:28 PM मा प्रकाशित

laxmi  sunrise bank

अग्नि ग्रपले अनलाइन सेवामार्फत् मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको छ । जसअन्तर्गत आगामी तीन दिन महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा हुने कम्पनीले जनाएको छ । कार्यक्रमको सञ्चालन  पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाले गर्ने जनाइएको छ ।  

 उक्त  प्रत्यक्ष संवादमा जोडिन कप्मनीले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।  कार्यक्रम शुक्रबार देखि आइतबारसम्म हरेक दिन ४ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

उक्त प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो जीवन शैली,  योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रका आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्ने कम्पनीको विश्वास छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved