मदिरा पसल खुला गर्न उद्योगीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2020 | 06:45:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मदिरा उत्पादकहरुको संस्था नेपाल पेय पदार्थ संघले लकडाउन कायमै रहने भएपनि मदिराका बिक्रि कक्ष खोल्न माग गरेको छ । संघले तोकिएको सुरक्षाको मापदण्ड अनसार सामाजिक दरी कायम गरि निश्चित समय तोकि मदिराका बिक्रि कक्षहरु खोल्न दिन अनुरोध गरेको हो ।

संघले अतिरिक्त खुद्रा पसल संचालन गरि जिविकोपार्जन गर्नु पर्नें व्यवसायिहरुको जिवनयापन पनि कष्टकर बन्दै गएको भन्दै उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा अनुरोध पत्र पठाइएको बताएको छ । 

देशको कुल राजश्वमा करिब १७ प्रतिशत अर्थात एक खर्ब जतिको योगदान गर्ने तथा ८ लाख जतिलाई रोजगार प्रदान गरिरहेको यो क्षेत्र बन्द भईरहदा यस क्षेत्रको खर्बौको लगानी एवं लाखौको रोजगारी डुब्ने खतरा रहेको भन्दै संघले सचेत गराएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved