महासंघको चुनावको लागि प्रधान प्यानलको उम्मेदवारी दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2020 | 01:42:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा व्यवसायी तथा महासंघको वर्तमान जिल्ला नगर उपाध्यक्ष किशोर कुमार प्रधानले उम्मेद्वारी दर्ता गराएका छन् । सोमबार महासंघको केन्द्रीय कार्यालय टेकुमा प्रधानसहित प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।  

प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ  र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन्। एसोसिएट उपाध्यक्षका उम्मेद्वार सौरभ ज्योतिले भने केही दिनमै उम्मेद्वारी दर्ता गराउने छन् । उनी कोरोना पोजेटिभ रिपोर्ट आएपछि अहिले आइसोलेशनमा छन् । 

उम्मेदवारी दर्तासगैँ प्रधानले १५ बुदे प्रतिवद्धता सार्वजनिक गरेका छन् । विस २०५१ सालमा महासंघको केन्द्रिय सदस्यका रुपमा आबद्ध भएपछि हालसम्म कार्यसमितिमा बसेर काम गरेका प्रधानले बरिष्ठ उपाध्यक्ष पदमा विजयी भएमा उद्योगी व्यवसायीहरुको सम्मान र हक हितको रक्षा गर्ने, उद्योगी व्यवसायी र लगानीकर्ताहरुको मनोवल बढाउने, सांगठनिक सुदृढिकरण, सचिवालय सुदृढिकरण, जिल्ला र नगर वस्तुगत सदस्यहरुको क्षमता वृद्धि र संस्थागत सुदृढीकरणको पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसैगरी उनले महासंघलाई आर्थिक उन्नतिको सशक्त संवाहक बनाउने, निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा जोड, कृषिको व्यवसायीकरणमा निजी क्षेत्रको संलग्नता बढाउने, साना तथा मझौला उद्यमको विकाशका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, रोजगारमुलुक उद्योग व्यवसायको विकास विस्तारलाई प्राथमिकतामा राख्ने, श्रमिक व्यवस्थापन सम्बन्ध सुधारमा विशेष पहल गर्ने, राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्धको विस्तार, निजी क्षेत्र विकास अनुसन्धान केन्द्रको स्थापना गर्न पहल गर्ने र सामाजिक रुपमा उत्तरदायी व्यवसायी स्थापना बनाउन पहल गर्ने प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

प्रधानसँग बरिष्ठ उपाध्यक्ष पदको लागि व्यवसायी  चन्द्र ढकालले प्रतिस्पर्धा गर्ने भएका छन्  । ढकालको प्यानलले यस अघि नै उम्मेदवारी दर्ता गराईसकेको छ  । 

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको  साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन  ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved