घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2021 | 02:22:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन जेठ तेस्रो साता हुने भएको छ । महासंघको राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको ११ औं बैठकले आगामी जेठ २४, २५ र २६ गते २५ औं महाधिवेशन तथा २२ औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले त्यसभन्दा अगाडि प्रदेश सम्मेलन, ७७ वटै जिल्लामा अधिवेशन पनि सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गर्ने छ ।

बैंठकमा महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले महासंघको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सत्यनारायण प्रजापतिले आर्थिक प्रतिवेदन पेस गरेका थियो । विगतमा भएका केन्द्रिय सचिवालय समिति बैठकका निर्णयहरूको जानकारी र कार्यव्यवस्थापन समिति बैठकका निर्णयहरुको बैठकले अनुमोदन गरेको थियो ।

परिसंघ नेपालमा नवीकरण उर्जा प्रविधि विकास र विस्तारमा लागि क्रियाशील रहेका निजी क्षेत्रका कम्पनीहरु र फर्महरुको छाता संगठन र गैरसरकारी संस्थाहरुको एकल संस्थाको रुपमा रहेको गैरनाफामूलक गैरसरकारी संस्था हो ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved