सबैको लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2024 | 08:17:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ । संस्थाले बाँके जिल्लाको डाँडाटपरीमा कार्यक्रम सम्पन्न गरेको हो । 

आफ्ना १९ जना युवा महिला ग्राहक सदस्यहरु, १ जना स्थानीय शिक्षक तथा बाँके जिल्लाको गुलरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु गरी ४० जनाको सहभागितामा सो कार्यक्रम आयोजना भएको जनाइएको छ । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेललेका आनुसार उक्त तालिममा प्रशिक्षकहरु विक्रम उपाध्याय र प्रतिमा शर्मा रहेका थिए ।

तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरताको परिचय, आवश्यकता र चाहना, बचतको अवधारणा तथा लक्ष्य निर्धारण, बचतको महत्व र बचतका प्रकारहरु, बचतका उपायहरु, बचत योजना, बचत प्रदायक संस्थाहरुको छनौट, कर्जाको योजना तथा कर्जा लिन सक्ने क्षमता, कर्जा सदुपयोग, जोखिम न्यूनीकरण, जोखिम परिचय र असर, विप्रेषण सेवा, अब्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु ब्यवसायको परिचय तथा महत्व, ब्यवसाय विस्तार तथा विविधिकरण, ब्यवसायिक योजना, अन्य आयश्रोतको पहिचान, साधन श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, डिजिटल बैंकिङ्ग आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेका उनले बताए । संस्थाले २०७४ आषाढ ३० गतेदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि सीईओ पौडेलले जानकारी दिए । 

संस्थाले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ सुपरीवेक्षण मुकाम कार्यालय, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ९७ कार्यालयहरुको सञ्जालहरु मार्फत सेवा प्रदान गर्दै आई रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved