मौद्रिक नीतिका लागि निजी क्षेत्रसँग छलफल गर्दै राष्ट्र बैंक, मिडियालाई ‘नो इन्ट्री’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2023 | 11:34:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सम्बन्धि छलफल गर्दैछ । राष्ट्र बैंकले निजी क्षेत्रका सबै जसो उद्योगी व्यवसायीका संगठनसँग आगामी मौद्रिक नीतिका लागि सुझाव लिन लागेको हो ।

निजी क्षेत्रका संगठनसँग आगामी आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिका लागि सुझाव लिन आज छलफल आयोजना गरिएको राष्ट्र बैंकले जनाएको छ । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ लगायत सबै संघ संगठनको प्रतिनिधित्व हुनेछ ।

आजको छलफलमा सञ्चार माध्यमलाई भने प्रवेश दिइने छैन । सञ्चार माध्यमलाई प्रवेश दिँदा सुझाव दिने निजी क्षेत्रका संगठनका प्रतिनिधिहरुले खुलस्त रुपमा कुरा राख्न नसक्ने महशुस गरेर यसपटक मौद्रिक नीतिको छलफलमा सञ्चार माध्यमलाई नबोलाइएको बताइएको छ ।

राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख रहेका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अहिले निजी क्षेत्रसँग छलफल हुँदा पत्रकार र सञ्चार माध्यमलाई प्रवेश नदिइने बताए । उनले पत्रकार नभएपछि व्यवसायी र उद्योगीहरुले मौद्रिक नीतिमा चाहेको कुरा खुलस्त राख्न सक्छन् भन्ने भएपछि पत्रकार र मिडियालाई नबोलाइएको बताए ।

साथै, निजी क्षेत्र र सबै सरोकारवालासँग छलफल गरेर सकेपछि मौद्रिक नीति आउनु अगाडी नै आएका सुझाव समेटेर एकिकृत जानकारी दिने गरी पत्रकार सम्मेलनको आयोजना गरिने कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिएका छन् ।

राष्ट्र बैंकले साउन पहिलो हप्ताभित्र आगामी आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved