मौद्रिक नीति पारित, ३ बजे राष्ट्र बैंकको पत्रकार सम्मेलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 12:24:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज साउन ७ गते आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले मौद्रिक नीति पारित गरिसकेको छ  । 

राष्ट्र बैंकले अब अनलाइन मार्फत मौद्रिक नीति सार्वजनिक गर्ने छ ।  त्यसपछि राष्ट्र बैंकले आज दिउँसो ३ बजे याक एण्ड यति होटेलमा मौद्रिक नीतिको सम्बन्धमा पत्रकार सम्मलेन आयोजना गरेको छ  ।  पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर, र राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको उपस्थिति रहने छ । 

बजेटको विस्तारित कर्जा नीतिको अपेक्षा र अन्तराष्ट्रिय मुद्रा संचुकित र सुरक्षित कर्जा नीतिको दबाबका बीच नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो।  

दोहोरो दबाबको बीच मौद्रिक नीति 

चालू आर्थिक वर्षमा विस्तारित प्रकृतिको बजेट ल्याएको सरकारले मुद्रास्फिति (महंगी) लाई ६.५ प्रतिशत मुनी राखेर ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ। सोहि लक्ष्य भेट्टाउने गरि मौद्रिक नीति ल्याउनुपर्ने राष्ट्र बैंकमाथि अर्थमन्त्रालय र सरकारको दबाब छ। 

सरकारले विस्तारित मौद्रिक नीति ल्याउनलाई दबाब दिएपनि अन्तराष्ट्रिय मुद्रा कोषले भने अन्तराष्ट्रिय अवस्थामा सुधार आइनसकेको र विगतमा प्रवाह गरिएको कर्जा उपभोगमा बढी खर्च भएको भन्दै संकुचित र कसिलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई दबाब दिएको छ। 

विगतमा खुकुलो र विस्तारित कर्जा नीति लिंदा बिदेशी मुद्रा संचितिमा दबाब र कर्जाको बढ्दो दुरुपयोग भएको अवस्थालाई समेत मध्यनजर गरेर मौद्रिक नीति ल्याउनु पर्नेमा राष्ट्र बैंकका उच्च अधिकारीहरु सहमत देखिन्छन्। तर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने निजि क्षेत्र तथा अन्य सरोकारवालाको अपेक्षालाई समेत सम्बोधन गर्नुपर्ने भएकाले राष्ट्र बैंकले उत्पादनमुलक क्षेत्रमा जाने कर्जामा खुकुलो र घरजग्गा तथा शेयर कारोबारमा जाने कर्जालाई कसिलो नीति लिन सक्ने देखिन्छ। 

यो पनि : आइतबार मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक, सेयर कर्जाबारे गत वर्षको गल्ति नदोहोर्याउन उच्च सतर्कता


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved