हाम्रो ५० प्रतिशत माग पुरा भयो, पुँजीबजार सुधार भएर जान्छ: एनआइएफ अध्यक्ष ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 03:26:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर फोरम (एनआईएफ) का अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति मार्फत आफ्नो ५० प्रतिशत माग पुरा भएको बताएका छन्। शेयरकर्जाको जोखिमभार घटाउने र शेयर कर्जाको १२ करोडको सीमा हटाउनु पर्ने २ वटा मुख्य माग राखेकोमा एउटा माग सम्बोधन भएकोले ५० प्रतिसहत माग पुरा भएको उनले बताए

शेयर कर्जाको जोखिमभार पुनरावलोकन गर्ने निर्णय स्वागतयोग्य भएको उनले बताए । उनले शेयर कर्जाको १२ करोडको सीमा पनि आगामी दिनमा आउने सर्कुलर मार्फत सम्बोधन हुने अपेक्षा गरेका छन् 

त्यस्तै नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरेकोले यसले ब्याजदर घटाउन सहयोग गर्ने भएकोले पुँजीबजारको लागि यो पनि सकारात्मक भएको उनले बताए । समग्रमा पुँजीबजारको लागि मौद्रिक नीति राम्रो आएको र यसले पुँजीबजार सुधार भएर जाने अध्यक्ष ढकालको भनाई छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved