केहि राहत दिने मौद्रिक नीति आयो : राधा पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 05:17:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले विगतको वर्षको भन्दा यस पटकको मौद्रिक नीतिले केहि राहत दिएको बताएकी छिन् । मौद्रिक नीति बारे प्रारम्भिक प्रतिक्रिया दिदै पोखरेलले यस पटकको मौद्रिक नीतिले लगानीकर्ताको घाउमा केहि मल्हमपट्टि लगाउने काम गर्ने बताईन् ।

अघिल्लो वर्षको भन्दा लगानीकर्तालाई केहि राहत हुने खालको मौदिक नीति आएको उनले उल्लेख गरिन् । यस अघिका मौद्रिक नीतिले बनाएका घाउँहरुमा यस पटकको मौद्रिक नीतिले मल्हमपट्टि लगाउने उनले बताईन् ।

शेयर लगानीकर्ताले राखेका अधिकांश माग पुरा नभएको भएतापनि शब्द शब्दले पनि ठुलो फरक पार्ने उनले बताईन् । उनले यस पटकको मौद्रिक नीतिमा समावेश भएका व्यवस्थाले लगानीकर्ताको सेन्टिमेन्ट र कन्फ़ीडेन्स बढाउँन् सहयोग गर्ने उल्लेख गरिन् ।

मौद्रिक नीतिले  नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरेको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ।  शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने उल्लेख गरेको छ। पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पु¥याएको छ । यी व्यवस्था सकारात्मक रहेको पोखरेलको भनाई छ ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved