‘ब्याजदर घटाउने उपायहरु प्रयोग गरिएन, तर ३ व्यवस्थाका लागि मौद्रिक नीति सकारात्मक मान्नुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 05:22:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले राष्ट्र बैंकले सोचेजस्तो ब्याज घट्ने ‘टुल्स’हरु प्रयोग नगरेको बताएका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबारे प्रतिक्रिया दिँदै उपाध्यक्ष वैद्यले मौद्रिक नीतिमार्फत गरिएको व्यवस्थाले अहिले ब्याजदर १ प्रतिशत जति घट्ने देखिएपनि यसले औद्योगिक व्यवसायिक वातावरण सकारात्मक बनिहाल्छ भन्ने विश्वास गर्न नसकिने बताए ।

ब्याजदर एकल अंकमा झार्नुपर्छ भन्ने आफूहरुको माग यथावत रहेको उनको भनाई छ । त्यस्तै, आधार दरमा बैंकहरुले लिने प्रिमीयममा पनि एकरुपता कायम गर्नुपर्छ र ५ प्रतिशतसम्म प्रिमीयम जोडेर ब्याज लिन पाउने प्रावधान हट्नुपर्छ भन्ने आफूहरुको माग सम्बोधन नभएकाले यो माग यथावत रहेको उपाध्यक्ष वैद्यले बताए ।

तर, घर कर्जा र सेयर कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणा हुनु, पहिलो पटक घर किन्नका लागि बैंकले दिँदै आएको १ करोड ५० लाख कर्जाको सीमालाई बढाएर २ करोड पुर्याउनु र चालु पूँजी कर्जा मार्गदर्शन परिमार्जनको घोषणा हुनु सकारात्मक भएको उपाध्यक्ष वैद्य बताउँछन् ।

साथै, अब राष्ट्र बैंकले जारी गर्ने एकिकृत निर्देशन र हरेक ३/३ महिनामा हुने मौद्रिक नीतिको समीक्षामार्फत थप नीतिगत सुधार गर्दै जानुपर्ने उनको भनाई छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved