२ घण्टा मै फरक कुरा गरेर राष्ट्र बैंकले लगानीकर्तालाई कन्फ्युज बनायो: राधा पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 06:31:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको बताएकी छिन् । मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिएको र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा फरक कुरा सार्वजनिक गरिएको भन्दै उनले लगानीकर्तालाई कन्फ्युज बनाउने काम राष्ट्र बैंकबाट भएको बताएकी हुन् ।

मौद्रिक नीति सर्वजनिक भएपछि गभर्नरबाट फरक कुरा आएकोले यसबाट लगानीकर्ता कन्फ्युज भएको राधा पोखरेलको भनाई छ । उनले बिजपाटीसँग भनिन् 'मौद्रिक नीतिको पूर्णपाठ हेर्दा केहि भए पनि राहत दिने खालको मौद्रिक नीति आएको  महशुस भएको थियो,  तर पत्रकार सम्मेलनमा सबै साइजका कर्जाको जोखिमभार नघट्ने जानकारी दिइयो, राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्यूज बनाउने काम गर्दै धितोपत्र बजारलाई निरुत्साहित गरेको छ।' दुई घण्टा मै बोली फेरेर फरक कुरा गरेकोमा उनको आपत्ति रहेको छ । 

मौद्रिक नीतिमा 'शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ' भन्ने उल्लेख थियो। लगानीकर्ताले यसलाई हाल रहेको १५० को जोखिम भारलाई घटाउने रुपमा बुझेर यसबारे सकारात्मक प्रतिक्रिया समेत दिएका थिए । सोहि कारण आज शेयर बजार परिसूचक नेप्से पनि ६३.२४ अंकले बढेको थियो । मौद्रिक नीति सार्वजनिक भएसंगै नेप्से सूचक बढ्न थालेको थियो 

तर राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले  शेयर धितोकर्जामा पुनरावलोकन गर्ने विषयलाई लिएर दोधारमा नपर्न आग्रह गरे । उनले शेयर धितोकर्जाको व्यवस्था यथावत नै रहेको बताए ।विगतमा २५ लाख मुनिका कर्जामा जोखिमभर १०० प्रतिशत रहेकोमा अहिले यसको थ्रेसहोल्ड ५० लाख पुर्याउन खोजिएको उनले प्रष्ट पारे ।  अन्य व्यवस्थालाई यथावत नै राखिने भएकोले यसमा कन्फ्युज नहुन आग्रह गरे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved