गभर्नरलाई परिसंघको प्रश्न 'ब्याज बढाएर लगानीकर्ता, जनता र देश डुबाउन खेल कहिले सम्म?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2021 | 05:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले ब्याजदर बढाएकोमा नेपाल उद्योग परिसंघ प्रदेश १ ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश १ परिसंघले नेपाल राष्ट्र बैंकका गभर्नरलाई पत्राचार गर्दै बैंकहरुले अत्यधिक र असामान्य तरिकाबाट ब्याजका दरहरु वृद्धि गरेको सुचनाहरु सार्वजनिक गरेको प्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

पत्रमा भनिएको छ 'देशको अर्थ व्यवस्था दुइ आर्थिक वर्ष देखि लगातार महामारी कोभिडको मारमा परिरहेको अवस्थामा आर्थिक औद्योगिक क्षेत्रले एकातिर तरलताको आभावको सामना गरिरहेको उपभोक्ताको क्रयसक्ति समेत ह्रास हुदै गएको बर्तमान अवस्थामा बजार आर्थिक क्षेत्र नराम्रो संग प्रभावित भैरहेको अवस्था सबैमा जगजाहेर छ तथापी यी सबै कुराहरु लाइ बेवास्ता गर्दै बैंक हरुले ब्याज दरमा अत्यधिक वृद्धि गरि उद्योग ब्यबसाय र उत्पादनमा नै प्रहार गर्न खोजेको स्पस्ट देखिएको छ ।'

मुलुकको आर्थिक बृद्धिको लक्ष्य प्राप्त गर्न पनि ठुलो लगानीको आवश्यकता रहेको बेलामा लगानी लाइ नै प्रभावित गर्नेगरी बैंकको ब्याज वृद्धि कुनै हालतमा पनि अनुकुल मान्न नसकिने परिसंघको ठहर रहेको छ।

यसले बस्तु तथा सेवा उत्पादन गर्ने उद्योगहरु उर्जा, पर्यटन, कृषि, शिक्षा जस्ता आधारभूत उद्योग हरुको लगानीमा प्रत्यक्ष असर गर्ने र तेस्को प्रभाव उत्पादन रोजगारी, आधारभूत सेवा र निकाशीमा नकारात्मक पर्ने परिसंघले जनाएको छ । अर्को तर्फ बैंक हरुले प्रतिस्पर्धीको भावना झल्किने गरि अलग अलग ब्याज दरमा वृद्धि गरि रहेको सुचना प्रवाह हनु मुलुकमा आर्थिक अराजकता त हैन भन्ने जस्तो देखिने परिसंघले उल्लेख गरेको छ ।  साथै बिगतमा ब्याज दर एकल डिजिटमा एकरुपता हुने गरि राख्ने गरि भएको भद्र सहमतिहरु पनि तोडिएकोले आर्थिक उदण्डता, अराजकताको प्रस्ट झल्को देखाएको परिसंघले जनाएको छ । यो आर्थिक औद्योगिक हित बिपरित रहेको परिसंघले उल्लेख गरेको छ।

पत्रमा गभर्नरलाई प्रश्न गर्दै भनिएको छ 'एकै छिनमा तरलताको अभाव देखाई ब्याज बढाउने, मुद्दती निक्षेपमा ब्याज बढी दिएको भन्ने देखाई लगानी उत्पादन क्षेत्रको ब्याज समेत वृद्धि गरि लगानी कर्ता, जनता र देश डुबाउन यस्तो खेल कहिले सम्म चल्छ।?' 

 देशमा अधोगिकरणको बाधक रहेको र अस्थिर तरिकाले हरेक महिना यसरी ब्याज घटाऊँने बढाउने खेलमा उधोगहरु धरासायी हुने र सरकार र केन्द्रीय बैंकले अरु बेंक लाई पाल्ने काम मात्र गरि सरकारले यी नया ज़मानाका साहू महाजन बिकास गर्ने तर्फ लागेको महशुस भएको परिसंघले जनाएको छ।

पत्रमा भनिएको छ 'नेपालको औद्योगिक विकाशको मुख्य बाधक पहिलाको जमानामा गाँउको साहू महाजन जहिले पनी धनी रहने र गाँउवासी जहिले पनी गरीब नै रहने परम्पराको प्रत्याभूत हुनेगरी हाल बैंक वित्तीय संस्थाले मात्र कमाऊने र अन्य क्षेत्रको बिकाश नै हुन नपाउने नीतिले मुलुकको आर्थिक अवस्था चलायमान र पुजी निर्माण हुन नदिने मुख्य कारण नै बैंक बितिय संस्था रहेको छ ।'

बैंकिंग क्षेत्रमा देखिएको अस्थिर अराजक र अनुत्पादित कार्य लाइ नेपाल राष्ट्र बैंक जस्तो बैंकिङ क्षेत्रकोको अविभावक संस्थाले तत्काल हस्तछेप गरि पूर्व भएका भद्र सहमति तथा छलफलका निर्णयहरु अनुकुल बैंकको ब्याजदर लाइ एकल अंकमा नबढ्ने गरि कायम गर्न परिसंघले आग्रह गरेको छ। मुलुकको आर्थिक अवस्था सकारात्मक नभएसम्म यो व्यवस्थालाई निरन्तरता राख्ने पहल गर्न पनि परिसंघले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved