महासंघका अध्यक्ष गोल्छाले भने, ‘अर्थतन्त्र इतिहासकै खराब अवस्थामा छ, अवस्था विकराल बन्न सक्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2022 | 05:15:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलको अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौतीले निजी क्षेत्रको मनोवल गिराएको बताएका हुन् । 

उनले उद्योग क्षेत्रमा काम गरेकोे ३५ वर्षको अनुभवमा पहिलो पटक निजी क्षेत्रको मनोवल उच्च रुपमा खस्केको आफूले थाहा पाएको बताएका हुन् । पछिल्लो समय मुलुकको अर्थतन्त्र अत्यन्तै चुनौती पूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले त्यसको मुख्यकारण बजारमा तरलता अभाव नै भएको जिकिर गरे । उनले मुलुकको सोधानान्तर स्थिति र बैंकमा कर्जाको ब्याजदर उच्च वृद्धि तरलता अभावको कारण भएको बताएका हुन् । 

अहिले सरकारी कर्मचारी तथा राजनीतिक व्यक्तिहरुले तरलताको समस्या उद्योगी व्यवसायीहरुको मात्रै भएको भन्ने गरेको भन्दै अध्यक्ष गोल्छाले तरलताको समस्यामा कोही पनि अछुतो नरहेको बताए । उनले तरलताको समस्या तत्काल समाधान गर्नुपर्ने जरुरी भएपनि सरकारको ध्यान समस्या समाधान गर्ने तर्फ नगएको गुनासो गरे । सरकारले अर्थतन्त्रमा देखिएका समस्या प्राथकिताका आधारमा समाधान नगर्ने हो भने आगामी दिनमा अर्थतन्त्रले विकराल रुप लिनसक्ने चेतावनी पनि गोल्छाले दिए । 

त्यस्तै अध्यक्ष गोल्छाले सरकारले बस्तु आयातमा कडाई गर्ने नीति बनाउँदा उद्योगी व्यवसायीहरुसँग छलफल गरेर मात्रै ल्याउनु पर्ने बताए । उनले सरकारले अर्थतन्त्रको अवस्था हेरर आयातित बस्तुहरुलाई प्राथमितामा राख्नु राम्रो भएपनि अत्यावश्यक बस्तुको आयात घटाउँदा राजश्वमा असर परेर देश सञ्चालनमा समस्या भएर साधारण खर्च धान्न नसक्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए ।

अध्यक्ष गोल्छाले अहिलको अर्थतन्त्रको समस्या आयातलाई मात्रै कडाई गरेर समाधान नहुने तर्क गरेका छन् । 

उनले घर धितो राखेर विदेश गएका नेपाली युवाहरुले पठाउने रेमिटेन्स बढाउन सरकारले प्रोत्साहन दिनु पर्ने पनि बताए । अध्यक्ष गोल्छाले सरकारले रेमिटेन्समा प्रोत्साहन दिने व्यवस्था नगरेसम्म बैंकिङ च्यानलबाट पैसा ल्याउने कुरा सम्भव नभएको बताए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved