काठमाडौँ उद्योग वाणिज्य संघले भन्यो, ‘बालेनले शक्तिको आडमा मनपरी गरे’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 02:14:28 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँका व्यवसायीहरुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । यस विषयमा छलफल गर्न काठमाडौँ उद्योग वाणिज्य संघको आपतकालिन बैठक पनि बस्दैछ ।

मेयर शाहले केही दिनदेखि आफैँ अघि लागेर अवैध भनिएका संरचना हटाउन थालेपछि यसबाट साना व्यवसायीहरु मर्कामा परेको भन्दै उद्योग वाणिज्य संघ काठमाडौँले आपत्ति जनाएको हो । संघका अध्यक्ष दिनेश श्रेष्ठले महानगरले घरधनीसँग गर्नुपर्ने सल्लाह नगरी घरधनी सँगको रिस व्यापारीमा पोखेको बताएका छन् । 

‘घरबेटी र महानगर बीचको विवादमा साना व्यवसायीको बिचल्ली बनाउने काम भएको छ, निर्वाचित मेयरले शक्तिको दुरुपयोग गरेका मात्रै हुन्’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘कर तिरेको सम्पत्तिमा पनि अधिकार नहुने भन्ने हुन्छ ?’ 

उनले यसबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको पनि जनाएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved