ब्याज वृद्धिको विरोधमा आन्दोलन गर्दै काठमाडौँका व्यवसायी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2022 | 02:19:06 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायीहरुले ब्याज वृद्धिको विरोधमा प्रदर्शन गर्ने भएका छन् । नेपाल उध्योग वाणिज्य महांसघमा आवद्द व्यवसायीहरुले शुक्रबार माइतिघर मण्डलामा शान्तिपूर्ण मौन विरोध कार्यक्रम राखेका हुन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठका अनुसार काठमाडौँ उपत्यका भित्रका सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरु तथा वस्तुगत सघंहरुको संयुक्त आह्वानमा शुक्रबार बिहान ११ बजे देखी १२ बजे सम्म माइतिघर मण्डलामा शान्तिपूर्ण मौन विरोध कार्यक्रम राखिएको हो।

वर्तमान अवस्थामा बैंक तथा वित्तिय क्षेत्रमा भएका अनुउपयुक्त कदमहरु तथा बैंक तथा वित्तिय संघ संस्थाहरूले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने ब्याज वृद्धि तथा अर्थतन्त्रलाई नकारात्मक असर पार्ने खालका गतिविधिहरुको विरुद्ध राज्य लाई सचेत गराउन तथा नियामक निकाय बाट यी अनुउपयुक्त कदमहरुको यथासक्य चाँडो संवोधन होस् भनि ध्यानाकर्षण गराउन यो कार्यक्रम गर्न लागिएको उनले बताए ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved