कर बुझाउन जाँदा पनि दुःख पाउनु पर्ने नेपालमा मात्रै हो: अध्यक्ष शेखर गोल्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 10:20:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर बुझाउन जाँदा पनि उल्टै दुःख पाउने देश नेपाल मात्रै बताएका छन् । महासंघले आयोजना गरेको 'साना तथा मझौला उद्यमी सम्मलेन' (एसएमईज सम्मिट) को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् 

उनले साना मझौला उद्योग व्यवसाय अहिले मारमा परेको भन्दै साना मझौला उद्यमीलाई न्यून ब्याजदरमा कर्जा प्रवाह हुनुपर्ने बताए । उनले प्रश्न गर्दै भने 'ब्याजदरको स्थायित्वको माग गरेर उद्योगी व्यवसायीले के गलत गर्यौ ? परियोजना केन्द्रित लगानी हुनुपर्छ, यसले साना मझौला उद्योगको संख्या बढ्छ र रोजगारी सिर्जना बढ्छ भन्नु गलत हो ? '

 इन्धन र कच्चा पदार्थको मूल्य बढेकोले यसले उत्पादन लागत बढेको उनले बताए । साना र मझौला उद्योगलाई प्रवर्द्धन गर्न राजनीतिक तहबाट प्रतिबद्धता आइनसके तर निजी क्षेत्रले यस्तो प्रतिबद्धता आवश्यक रहेको ठानेको उनले उल्लेख गरे 

उनले स्वदेशी उत्पादन प्रयोग गर्ने कार्यक्रम वर्षैपिच्छे आएपनि कार्यान्वयन नभएको बताए  सरकारको नीति कार्यक्रममा घोषित कार्यक्रम कार्यान्वयन नहुनु दुखद रहेको उनले बताए 

साना र मझौला उद्योग व्यवसाय मर्कामा पर्दा गत वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा राजस्व १५ प्रतिशतले घटेको तथ्यांक उनले प्रस्तुत गरेका छन् । परियोजनामा केन्द्रित लगानी बारे महासंघले अध्ययन गरेर राष्ट्र बैंकमा प्रतिवेदन बुझाएको जानकारी पनि उनले सम्मेलनमा दिएका छन्  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved