विराटनगरमा कोशी एक्स्पो गर्दै परिसंघ, यस्ता छन् आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 09:10:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ समितिको आयोजनामा 'सीएनआई कोशी एक्स्पो २०२३' हुने भएको छ । माघ १९ देखि २८ गतेसम्म प्रदेश राजधानी विराटनगरमा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी हुने र सो को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

परिसंघका अनुसार एक्स्पोमा बृहत रुपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेशिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तुका ४०० जति स्टलहरु रहने छन् । चौतर्फी मन्दी छाएको आर्थिक क्षेत्रलाई एक्स्पोका माध्यमबाट हुने आर्थिक क्रियाकलापले अगाडि बढाउन महत्वपुर्ण योगदान गर्ने विश्वास लिएको परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए। उनका अनुसार एक्स्पोमा अत्याधुनिक ह्याङ्गर (डोम) हरुमा उत्पादनका क्षेत्रहरु अनुसार अलग–अलग रुपमा वस्तु तथा सेवाको अवलोकन र खरिद गर्न सकिने छ । 

प्रदेश १ मा अहिलेसम्म आयोजित एक्स्पोहरुमा कहिल्यै सहभागीता नजनाएका वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औधोगिक क्षेत्रका ठुला उद्योग र उत्पादन ब्राण्डहरु पनि यस एक्स्पोमा उत्साहपूर्ण रुपमा सहभागीता जनाउने परिसंघले जनाएको छ । परिसंघका अनुसार एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरुबाट प्रतिनिधित्व गर्ने उद्योगी व्यवसायीहरुले समेत आफ्ना उत्पादनको प्रवद्र्धन गर्ने मौकाका रुपमा उपयोग गर्दैछन् । पर्यटन प्रवद्र्धन गर्न र छिमेकी मुलुकका प्रविधीहरु भित्र्याउन ब्यापक प्रचार प्रसार गरिएको छ ।  छिमेकी मुलुक भारतको बिहार, जोगबनी, बथनाह, फारवीसगञ्ज, अररीया, रानीगञ्ज, वीरपुर, भिमनगर, बंगाल सिलगुडीबाट ५० हजार माथि अवलोकनकर्ता आउने लक्ष्य राखिएको परिसंघले जनाएको छ ।

परिसंघका अनुसार स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाएका लोकप्रिय राष्ट्रिय कलाकारहरुले एक्स्पो अवधिभर विविध मनोरञ्जनात्मक सांगीतिक कार्यक्रमका माध्यमबाट अवलोकनकर्ताहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । थारु जातीको परम्परागत घर, सेल्फी पुल, फनपार्क समेतले वालवालिका र युवा वर्ग लगायतका सवै उमेर समुहलाई आकर्षण दिने छ ।

एक्स्पो संयोजक राजेन्द्र राठीका अनुसार एक्स्पोलाई रोचक र ज्ञानबर्दक बनाउने उदेश्यले हामीले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि ‘प्लानेटेरियम’ स्थापना गरिएको छ । विशेष किसिमको कक्षभित्र ३६० डिग्रीमा सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने छ । विभिन्न उमेर अनुसारका दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावट र त्यसको चक्रबारे जानकारी गराइने छ । यसबाट विशेष गरी विद्यार्थीहरुले सौर्यमण्डलबारे ज्ञान हाँसिल गरी विज्ञानप्रति विश्वास बढ्ने र उनीहरुलाई त्यसको अध्ययनमा आकर्षण थप्ने विश्वास लिएको राठीले जानकरी दिए ।

उनका अनुसार एक्स्पोमा सविन राई तथा उनको फारोह ब्याण्ड, राजु लामाको मंगोलियन हर्ट, अभया सुब्बा द स्ट्रिम इन्जिन्स ब्याण्ड, एकदेव लिम्बू, नितेशजंग कुँवर, समीर श्रेष्ठ, आशीष गुभाजुको अकेष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ लगायतका कलाकारहरुका सांगितिक प्रस्तुति तय भइसकेका छन् ।अनलाइन भुक्तानी गेटवे ‘खल्ती’ बाट सहज रुपमा टिकट खरिद गर्नसक्ने व्यवस्था मिलाएको उनले बताए ।

एक्स्पोको मुख्य प्रायोजक रमपम तयारी चाउचाउ, प्रायोजकहरु के.एल. दुगड र म्याजिक जुत्ताचप्पल, सह–प्रायोजकहरुमा सेन्चुरी स्पाइस एण्ड स्न्याक्स्, चौधरी ग्रुप (सीजी), क्वालिटी बिस्कुट, रुस्लान र क्लिन कन्कृट नेपाल रहेका छन् । त्यस्तै बैंक पार्टनर सिद्धार्थ बैंक, इन्स्योरेन्स पार्टनरमा हिमालय एभरेष्ट इन्स्योरेन्स, हेल्थ पार्टनर विराट मेडिकल कलेज तथा रिसर्च सेन्टर लगायत रहेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved