मौद्रिक नीति समीक्षाको लागि सुझाव दिन जुटे उद्योग व्यावसायी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 02:23:54 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी व्यावसायीहरुले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सुझाव दिन गृहकार्य सुरु गरेका छन्। उद्योगी व्यावसायीहरु कार्य सञ्चालन गर्दा देखा परेका सामुहिक समस्यालाई मौद्रिक नीतिको समीक्षा मार्फत सहजिकरण गर्ने गरि सुझावको तयारीमा लागेका हुन्। 

नीजि क्षेत्रका छाता संगठनहरु उद्योगी व्यावसायीका सामुहिक समस्यालाई सम्बोधन हुने गरी सुझाव दिने तयारीमा लागेको व्यवसायीहरु बताउँछन्। नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआइ)का उपाध्याक्ष दिनेश श्रेष्ठले महासंघले सुझावको गृहकार्य गरिरहेको बताउँछन्। अहिले व्यावसायीको मुख्य समस्या ब्याजदर वृद्धि रहेको बताउँदै यसलाई नै सम्बोधन हुनेगरी मौद्रिक नीतिको समीक्षा आउनु पर्ने उनको अपेक्षा रहेको छ।

‘अहिले धेरै व्यवसायीको मुख्य समस्या भनेको दोहोरो अंकको ब्याजदर हो। यसलाई राष्ट्र बैंकले घटाउने गरी मौद्रिक नीतिको समीक्षा गर्नुपर्छ, यो मेरो व्यक्तिगत धारणा हो।’ उनी भन्छन्, ‘सामुहिक रुपमा संस्थाबाट आउँदा ब्याजदरको विषयले प्रमुख प्राथमिकता पाउला साथै अन्य विषयहरु पनि आउँछन्। साथिहरु गृहकार्यमा जुट्नु भएको छ।’

त्यस्तै चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल पनि सुझावको लागि ड्राफ्ट तयारीमा जुटेको बताउँछन्। अहिले आर्थिक गतिविधि सुस्ताएको सर्ववितिदै भएको जानकारी गराउँदै एक दुई दिनमा नै राष्ट्र बैंकसमक्ष सुझाव पेस गर्ने गरी संस्थाका सदस्यहरुबीच छलफल भईरहेको अध्यक्ष मल्लले जानकारी दिए।

नेपाल उद्योग परिसंघ पनि राष्ट्र बैंकलाई दिने सुझाव तयारीमा जुटेको छ। परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले यो हप्ता नै राष्ट्र बैंक समक्ष पेस गर्ने गरी सुझाव संकलनमा जुटेको जानकारी गराए। 

व्यवसायीहरु चालु आर्थिक वर्षको मौद्रिक नीति देखि नै धेरै असन्तुष्टि जनाउँदै आएका छन्। यसअघि व्यवसायीहरुले बैंकहरुको औषत ब्याजदर अन्तर ४.४ प्रतिशत बाट ४ र विकास तथा वित्त कम्पनीको औषत ब्याजदर ५ बाट ४.६ प्रतिशत गराउनुपर्ने, अनिवार्य नगद मौज्दात (सिआरआर) १ प्रतिशत विन्दुले घटाउनुपर्ने माग गरेका थिए। त्रैमासिक समीक्षाले औषत ब्याजदर सम्बोधन गरेपनि सीआरआरमा भने सम्बोधन गरेको थिएन। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved