चोभार सुख्खा बन्दरगाहको १० महिनाः आयात ३५ करोडको हुँदा निर्यात लाखमै सिमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2023 | 09:34:33 AM मा प्रकाशित

laxmi  sunrise bank

चोभारमा सुख्खा बन्दरगाह सञ्चालनमा आएको १० महिना पुरा भएको छ। गत चैत २१ गते वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएका ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै औपचारीक सञ्चालनमा ल्याईएको थियो।

चालु आर्थिक वर्षको दश महिनामा यो बन्दरगाहबाट करिब ३६ करोड वैदेशिक व्यापार भएको छ। भन्सार विभागका अनुसार साउन देखि माघसम्म कुल ३६ करोड २१ लाख ३३ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। जसमा ३५ करोड २३ लाख रुपैयाँ बराबरको आयात भएको छ भने ९८ लाख ३० हजार रुपैयाँ बराबरको निर्यात भएको छ।

त्यस्तै गत आर्थिक वर्षमा अर्थात चैतको अन्तिम साता सञ्चालनमा आएर साउनको अन्तिमसम्म १० करोड ४४ लाख ४७ हजार रुपैयाँ बराबरको व्यापार भएको थियो। जसमा ९ करोड ८८ लाख ७७ हजार रुपैयाँ बराबरको आयात भएको थियो भने ५५ लाख ७० हजार रुपैयाँ बराबरको निर्यात भएको थियो। यो निर्यात असारमा मात्रै भएको थियो। जेठ महिनाको अन्तिमसम्म आयात हुँदा निर्यात शुन्य थियो।

चोभार बन्दरगाह सीमावर्ति क्षेत्रभन्दा बाहिर भित्री सहरमा बनेको पहिलो बन्दरगाह हो । माल वस्तु आयात र निर्यातका लागि भन्सार, क्वरिन्टिन, सुरक्षासहितको सबै पूर्वाधार रहेको बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रक अट्ने क्षमता छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved