मुक्तिनाथ बिकास बैंकको साधारणसभा पुस १९ मा, बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 06, 2017 | 04:36:06 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैकले बार्षिक साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। बैंकले पुष १९ का लागि डाकेको साधारणसभा प्रयोजनार्थ पुस ७ देखि पुष १९ सम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको जनाईएको छ। 

पुष ७ देखि बुक क्लोज गर्ने निर्णय भएकाले पुष ७ सम्म कायम शेयरधनीहरुले मात्र बैंकको पोखरा स्थित होटल ग्राण्ड पोखरामा हुने साधारणसभामा सहभागी हुन र गत बर्षको बोनस शेयर प्राप्त गर्ने छन। 

बैंकको संचालक समितिले गत आर्थिक बर्षको कमाइबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश प्रस्ताब साधारणसभामा लैजादैछ।

बैंकले जारि तथा चुक्ता पुंजी वृद्धि गर्ने प्रस्ताब समेत साधारणसभामा लैजादैछ। त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा प्राप्ति गर्ने प्रस्ताबलाई समेत साधारणसभाले अनुमोदन गर्नेछ।

बोनस बितरण पश्चात राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउन सक्ने भएपनि भविष्यमा आउन सक्ने पुंजी वृद्धिको चुनौतीको तयारी स्वरूप बैंकले मर्जर तथा प्राप्तिको बाटोलाई समेत खुला गरेको हो।  उक्त प्रस्ताबले भविष्यमा मुक्तिनाथ मर्जर तथा प्राप्तिमा जाने सम्भावनालाई बढाएको छ।

पोखरामा केन्द्रिय कार्यालय राखी बैंकिङ सुरु गरेको बैंक राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति हुँदै हाल काठमाडौंमा केन्द्रिय कार्यालय राखेर बैंकिङ गर्दै आएको छ।   

उक्त लाभांश प्रस्ताब पारित भए पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ५८ करोड पुग्नेछ। ४० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब १५ करोड पुगेको छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved