एनएमबि बैंक पहिलो ६ महिनामा नै अर्बपति क्लबमा,यस्ता छन मुनाफा बढ्नुको प्रमुख २ कारण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 28, 2018 | 10:22:54 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले उल्लेख्य प्रगति गर्दै पहिलो ६ महिनामा नै अर्बपति क्लबमा प्रवेश गरेको छ। यस अवधिमा बैंकले खुद मुनाफा तर्फ करिब ४४ प्रतिशतले वृद्धि गरि ७० करोडबाट १ अर्ब पुर्याएको छ। 

यस अवधिमा बैंकले कमिशन, शुल्क बाट मनग्गे आम्दानी गरेको छ भने सम्भावित जोखिमको लागि छुट्याएको रकम घटाएको छ। जस कारण बैंकको खुद मुनाफामा ब्यापक सुधार देखिएको हो। कमिशन शुल्कबाट २१ करोड ८८ लाख र प्रोभिजनको रकम २७ करोडबाट घटेर १० करोड पुग्दा बैंकको मुनाफा बढेको हो।  

यस अवधिमा बैंकले ८० अर्ब ५५ करोड निक्षेप संकलन गरि ७० अर्ब ९३ करोड कर्जा प्रवाह गरेको छ। बैंकले निक्षेप र कर्जा प्रवाहमा १७ प्रतिशतले वृद्धि गरेको छ। 

कारोबार बिस्तारमा सामान्य प्रगति गरेको एनएमबि बैंकले ६ महिनाको अवधिमा ४ अर्ब २५ करोड व्याज आम्दानी गरेको छ भने २ अर्ब ७५ करोड व्याज खर्च भएको छ। यस अवधिमा बैंकको आधार व्याजदर ७.५४ बाट बढेर १०.३५ प्रतिशत पुगेको छ। 

त्यस्तै पुंजीकोष लागत चार प्रतिशतबाट बढेर सात प्रतिशत पुगेको छ। बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ७६.६१ प्रतिशत छ।  बैंक थप कर्जा प्रवाह गर्न सहज अवस्थामा देखिन्छ।   

यस अवधिमा बैंकको चुक्ता पुंजी ६ अर्ब ४६ करोड छ भने जगेडा कोष रकम ५ अर्ब २३ करोड छ। राष्ट्र बैकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन १ अर्ब ५४ करोड पुंजी अपुग भएको एनएमबि बैंकले गत आर्थिक बर्षको कमाईबाट बितरण गर्ने लाभांश घोषणा गर्न बाँकी छ भने बैंक एफपीओ बिक्रि प्रक्रियामा रहेको छ। 

यस अवधीमा बैंकको खराब कर्जा अनुपात १.८९ प्रतिशतबाट घटेर १.२० प्रतिशतमा झरेको छ। त्यस्तै बैंकको प्रति सेयर आम्दानी ३१ रुपैयाँ १८ पैसा, प्रति सेयर नेटवर्थ १८० रुपैयाँ ९८ पैसा र मुल्य आम्दानीको अनुपात १४।६६ गुणा रहेको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved