मंजुश्री फाइनान्स लिमिटेडले चैत्र ८ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । फाइनान्सले १००:५ को अनुपातमा ५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
फाइनान्सले अब ३३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद बिक्रि गर्ने छ । फाइनान्सले माघ ९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद बिक्रि गर्ने अनुमति पाएको हो।
फाइनान्सको माघ २६ गते बसेको संचालक समितिको बैठकले ५ प्रतिशत हकप्रद प्रयोजनका लागि फागुन ९ का लागि बुक क्लोज गर्ने निर्णय गरेकोले फागुन ८ सम्म कायम शेयरधनीहरुले मात्र ५ प्रतिशत हकप्रद भर्न पाउनेछन।लगानीकर्ताले बैशाख १२ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।
फाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा साबिकको एस क्यापिटल रहेको छ। एस र एनआईबिएल क्यापिटल एक आपसमा गाभिएर माघ २८ देखि एनआईबिएल एस क्यापिटलको नाममा एकीकृत कारोबार थालेका छन।
लगानीकर्ताले एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटबाट हकप्रद भर्न सक्ने छन् भने मेरोशेयर मार्फत अनलाइन बाटैपनि हकप्रद भर्न सक्ने छन् ।
हाल फाइनान्सको चुक्ता पुंजी ७२ करोड ४३ लाख छ। ५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७६ करोड ५ लाख पुग्नेछ। कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ६ प्रतिशत् बोनस र यस ५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुंजी ८० करोड ४० लाख पुग्ने छ ।
फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ४ करोड १४ लाख खुद मुनाफा आर्जन गरेको छ।