के बैशाख २ देखि अनलाइन बाटै शेयर खरिद बिक्रिको आदेश सम्भव छ ? यस्तो छ ब्रोकरहरुको प्रतिकृया

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 13, 2018 | 08:32:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले २०७५ सालको पहिलो दिन अर्थात बैशाख २ गतेदेखि नै लागू हुने गरि शेयर खरिद बिक्रिको लागि इन्टरनेट मार्फत आदेश दिन सक्ने व्यवस्था लागू गर्न शेयर ब्रोकरहरुलाई परिपत्र गरेको छ।

इच्छुक लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराई अनलाइन मार्फत शेयर खरिद बिक्रि आदेशको व्यवस्था कार्यन्वयन गर्न गत फागुन २६ गते ब्रोकरहरुलाई निर्देशन दिईएको बोर्डले आज जारि गरेको बिज्ञप्तिमा उल्लेख छ।

ब्रोकरहरुले आफ्नो सफ्टवेयरमा यस्तो सेवा समाबेश गरेको जानकारी गराएकाले बैशाख २ देखि नै यो सेवा दिन निर्देशन दिएको धितोपत्र बोर्डको दाबि छ। यता धितोपत्र बोर्डले भनेझैँ बैशाख २ देखि नै लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराई अनलाइन मार्फत नै शेयर खरिद बिक्रिको आदेश दिन सक्ने व्यवस्था सम्भव नरहेको ब्रोकर अधिकारीहरुले बिजपाटीलाई बताएका छन। 

हाल ब्रोकरहरुले बोस र मण्डलाको ब्रोकर ब्याक अफिस प्रयोग गरिरहेका छन भने केहिले अरु नै कम्पनिको ब्रोकर ब्याक अफिस राखेका छन। केहि बाहेक अधिकांश ब्रोकरहरुले लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराउन ब्रोकर ब्याक अफिसमा थप सिस्टम जडान गर्नुपर्ने हुन्छ। यसका लागि ब्रोकरले इच्छाशक्ति देखाएको अवस्थामा ४-५ कार्यदिनमा नै उक्त सिस्टम जडान गर्न सम्भब भएको एक ब्रोकर अधिकारिले बताए। 

धितोपत्र बोर्डले सस्तो लोकप्रियताका लागि बैशाख २ देखि नै यो व्यवस्था कार्यन्वयन गर्न निर्देशन दिएपनि त्यो सम्भव नभएको एक ब्रोकर अधिकारीले बताए। 'यो सिस्टम हाम्रो ब्रोकर ब्याक अफिसमा छैन, जडान गर्न ५-६ दिन लाग्छ, त्यसैले बैशाख २ गते देखि नै लागू गर्ने कुरा असम्भव हो' आफ्नो नाम नलेख्न आग्रह गर्दै एक ब्रोकरले बताए। 

केहिले यसलाई 'सेमी अनलाइन' को उपमा दिएपनि सेमी अनलाइन भन्दा पुरै पृथक भएको ब्रोकरहरुको भनाई छ। 'धितोपत्र बोर्डको नियममा आज पनि ब्रोकर अफिसमा पुगी शेयर खरिद बिक्रिको लिखित आदेश दिनुपर्ने कानुनि व्यवस्था छ' ब्रोकर अधिकारि भन्छन, 'यद्दपी ब्रोकरले धेरै पहिले देखि नै इमेल, मेसेज, फोन, भाईबर, व्हवाट्स एप मार्फत शेयर खरिद बिक्रि आदेशको सेवा दिंदै आएका थिए, अब एउटा सिस्टम जडान गरेर अनलाइन मार्फत शेयर खरिद बिक्रिको आदेश दिने व्यवस्था गर्न निर्देशन दिईएको मात्र हो, यसलाई सेमी अनलाइन भन्न मिल्दैन।' 

धितोपत्र बोर्डले यो सेवालाई ब्रोकरहरुलाई अनिवार्य गरेको छ भने लगानीकर्ताका लागि भने ऐच्छिक गरिएको छ। लगानीकर्ताले माग गरेको अवस्थामा शेयरदलालले युजर नेम र पासवर्ड दिएर अनलाइन मार्फत नै शेयर खरिद बिक्रिको आदेश दिने सेवा उपलब्ध गराउनुपर्ने बोर्डका सह प्रवक्ता निरञ्जय घिमिरेले बिजपाटीलाई बताए। 


      

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved