डीसहोमको आइपीओ पनि बुक बिल्डिङ बिधिबाट, कति हुनेछ मुल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 11:34:07 PM मा प्रकाशित

laxmi  sunrise bank

डिसहोम नेपालले बुक बिल्डिङ बिधि मार्फत आइपीओ जारी गर्ने भएको छ। बर्षदिन अगाडी आइपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको डिसहोम नेपाल अब भने बुक बिल्डिङ बिधि मार्फत आइपीओ जारि गर्ने भएको हो। 

यहि आर्थिक बर्षभित्र बुक बिल्डिङ बिधि मार्फत आइपीओ जारी गर्ने तयारीमा जुटेको डिस मिडिया नेटवर्कका प्रबन्धक निर्देशक सुदीप आचार्यले बिजपाटीसँगको कुराकानीमा बताए। 

उनकाअनुसार प्रकृया केहि लामो हुने भएकाले कम्तिमा पनि यहि आर्थिक बर्षभित्र बुक बिल्डिङ बिधि मार्फत आइपीओ जारी गर्ने लक्ष्य सहित काम कारबाहीहरु अगाडी बढेको छ। 

गत बर्ष असार ३० गते धितोपत्र बोर्डमा प्रस्ताव गरीएअनुसार कै २३ लाख ८५ हजार ९२९ कित्ता सेयर बुक बिल्डिङ बिधि मार्फत सर्वसाधारणको लागि बिक्रि खुला गरिने आचार्यले स्पष्ट पारे। 

यो पनि:  डिशहोमका एमडी आचार्यको अनुभवः होटलमा भाडाँ माझ्नेदेखि बैंकको अध्यक्षसम्म

बुक बिल्डिङ बिधि मार्फत आइपीओ ल्याउँदा कम्तिमा पनि प्रति कित्ता एक सय रुपैयाँ भन्दा माथि नै हुने तर कति हुन्छ भन्ने कुरा अहिलेनै भन्न कठिनाई हुने समेत उनले बताए। 

बुक बिल्डिङ बिधि मार्फत आइपीओ जारी गर्नका लागि डिसहोम नेपालको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।   

बार्ह वर्षअघि स्थापना भई देशको लिडिङ पे टिभी उद्योगको रुपमा काम गरिरहेको डिसहोमले २०७४ सालदेखि आफूलाई पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरेको हो। २०७५ साल पुस २७ गते सम्पन्न साधारणसभाले सर्वसाधारणमा प्राथमिक सेयर निश्कासनको प्रस्ताव पारित गरेको थियो।

सन् २०१९ मा ३ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको डिसहोम नेपालले सन् २०१९ मा ४ अर्ब २५ करोढ ३० लाख रुपैयाँ र सन् २०२० मा ५ अर्ब १३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले ३ वर्षमा २९.९५ प्रतिशतले आम्दानी वृद्धि गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved