मध्य भोटेकोशीको आईपिओ भर्ने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 10:29:59 AM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । आयोजना प्रभावितहरुले शेयर भर्न नपाएको गुनासो गरेपछि आयोजनाले म्याद थप गरेको हो  ।  

कम्पनीको आईपिओमा साउन १७ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था गरिएको थियो । साउन १७ गतेसम्म पुरै शेयर बिक्रि नभएमा म्याद थप गर्न सकिने ब्यबस्था थियो । तर पुरै शेयर बिक्रि भएपछि पनि स्थानीयको मागलाई सम्बोधन गर्दै म्याद थप गरिएको आयोजनाले जनाएको छ ।  यस संगै अब आईपिओमा साउन ३२ गते सम्म आवेदन दिन सकिने छ ।  यस बारे बोर्डले निर्णय गरिसकेको तर माइन्युट हस्ताक्षर हुन बाँकि रहेकोले माईन्युट हस्ताक्षर भएपछि म्याद थपको सूचना आउने आयोजनाका प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटीले जानकारी दिए ।  साथै नेपाल धितोपत्र बोर्डको अनुमति लिन बाकी रहेको छ  । 

गत बुधबार नै कम्पनीको आईपिओमा पर्याप्त आवेदन परिसकेको छ ।  कम्पनीको यस अघि स्थगन भएको आईपिओ बिक्रि साउन ५ गतेबाट पुन: सुचारु भएको हो । कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई  आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाको कारण बैशाख २४ गते बाट नै स्थगित भएको थियो  

कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.)बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । 

आईपिओमा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, इसेवा, आईएमई पे बाट अनलाइन आवेदन दिन सकिने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved