हकप्रद निष्काशनको लागि ङादी ग्रुप पावरले चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 11:11:43 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशनको लागि ङादी ग्रुप पावर Ngadi Group Power  ले बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो । 

कम्पनीले १:२ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेको हो । कम्पनीको संचालक समितिले प्रश्ताव गरे बमोजिम आ.व. २०७७/७८ मा २० प्रतिशत बोनश तथा १.५ प्रतिशत कर सहित जम्मा २१.५ प्रतिशत वोशस शेयर जारी गर्ने र बोनश शेयर वितरण गरे पश्चात् कायम हुन आउने चुक्ता पुँजीको १:२ (१ बराबर २) को अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव कम्पनीको २०७८/०६/०३ मा बसेको आठौं बार्षिक साधारण सभाले स्विकृत गरिसकेको छ ।  

विद्युत नियमन आयोग र नेपाल धितोपत्र  बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीले  लमजुङ्ग जिल्ला स्थित सिउरी खोलामा ५ मेगावाट क्षमताको सिउरीखोला जलविद्युत आयोजनाको निर्माण पुरा गरी व्यावसायीक उत्पादन गरी रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved