ईमर्जिङ्ग नेपालको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2022 | 08:17:22 AM मा प्रकाशित

laxmi  sunrise bank

ईमर्जिङ्ग नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज फागुन १ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो ।

कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । 

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

कम्पनीको आईपिओमा  शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा १८ लाख २ हजार १ सय ८२ जना आवेदकले २ करोड ९ लाख ६९ हजार १ सय ९० कित्ताका लागि  आवेदन दिएका हुन् । यो माग गरिए भन्दा ४०.५८ गुणा बढी हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved