ईमर्जिङ नेपालको आईपिओमा माग भन्दा ५३.८७ गुणा बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2022 | 05:32:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ईमर्जिङ्ग नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओमा माग भन्दा ५३.८७ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने आज अन्तिम दिन आइतबार साँझ ५ बजेसम्ममा २४ लाख १५ हजार ९ सय १९ जना आवेदकबाट २ करोड ७८ लाख ३५ हजार ४ सय २० कित्ताको लागि आवेदन परेको हो । 

 कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  । 

 आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो। कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved