राष्ट्र उत्थान लघुवित्तको आईपिओमा हालसम्म २३ गुणा बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2022 | 05:32:16 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा २३ गुणा बढीको आवेदन परेको छ  आज बिहिबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा १५ लाख ८४ हजार ९ सय ५९ आवेदकले १ करोड ८६ लाख ८१ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको हो   यो माग गरिए भन्दा १३.५१ गुणा बढी हो  

कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको हो ।  कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले  ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको हो। 

 ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकि रहेको ७ लाख ९४ हजार ५०० कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् 

सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुकले न्युनतम १० र बढीमा १००० कित्ताको लागि आबेदन दिन सक्नेछन।  माग भन्दा बढी आबेदन पर्ने भएकाले न्युनतम १० कित्ताको लागि आबेदन दिनु नै हितकार हुने देखिन्छ।  आईपिओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । 

कम्पनी परिचय

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५÷०६÷१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५÷१०÷१६ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी  मिति २०७५÷११÷८ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । हाल यस कम्पनीको ३६ जिल्लामा रहेका ८८ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ  । वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ । लघुवित्त संस्था हुनुपूर्व यस संस्थाले नेपाल ग्रामीण विकास संस्थाको नामबाट  लघुवित्त सम्बन्धी सेवा सञ्चालन गरिराखेको थियो 

पूँजी संरचना

कम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी  छब्बिस करोड रहेको छ। कम्पनीको हाल चुक्ता पूँजी सत्र करोड पचास लाख रुपैया रहेको छ । सर्वसाधारणलाई आठ करोड पचास लाख रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी   छब्बिस करोड हुनेछ र संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ६७.३१ प्रतिशत र ३२.६९ प्रतिशत हुने छ  ।

संस्थापक÷सञ्चालक विवरण

कम्पनीको आधारभुत शेयरधनीहरुमा नेपाल ग्रामीण विकास संस्थाराष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् । यी संस्थासंग कम्पनीको क्रमश ७ लाख ५० हजार, ५ लाख ५० हजार र ३ लाख कित्ता शेयर रहेको छ ।

यो पनि : राष्ट्र उत्थान लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ८ करोड नाफा प्रक्षेपण, ५०० प्लसमा पहिलो कारोबार

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved