सीवाईसी नेपाल लघुवित्तको आईपिओ बिहिबार बाँडफाँड हुने, ८ जनाले ११ कित्ता शेयर पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 12:36:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सीवाईसी नेपाल लघुवित्तले निष्काशन गरेको आईपिओ बिहिबार बाँडफाँड हुने भएको छ ।  बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बैशाख १५ गते बिहिबार बिहान ९ बजे नक्साल स्थित क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो ।  

कम्पनीले बैशाख २ गतेदेखि बैशाख ६ गतेसम्म आईपिओ निष्काशन गरेको हो ।  कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

कम्पनीको आईपिओमा माग भन्दा बढीको आवेदन पपरेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड हुने छ ।  आईपिओमा गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । ति मध्ये ८ जनाले ११ कित्ता शेयर पाउने छन् । बाँकि आवेदक् भने हातखालि हुने छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved